गृहपृष्ठ Featured इप्सविच टाउनविरुद्ध आर्सनलको फराकिलो जित

इप्सविच टाउनविरुद्ध आर्सनलको फराकिलो जित

इङ्लिस प्रिमियर लिगमा आर्सनलले इप्सविच टाउनलाई फराकिलो अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनल ४-० ले विजयी भयो ।

आर्सनलका लागि १४औँ र ६९औँ मिनेटमा लिएन्द्रो ट्रोजार्डले गोल गरे भने गाब्रियल मार्टिनेलले २८औँ र इथान वनेरीले ८८औँ मिनेटमा गोल गरे । इप्सविच टाउनको तर्फबाट भने कुनै गोल हुन सकेन ।

त्यस्तै अर्को खेलमा उल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दा चेल्सीले फुलहामविरुद्ध २-१ को जित निकाल्यो ।

सम्बन्धित् समाचार