स्पेनिस ला लिगमा रियल बेटिसले जिरोनालाई ३-१ ले पराजित गरेको छ ।
गए राति भएको खेलमा रियल बेटिसको जितमा छैटौँ मिनेटमा जोनी कार्डोस, ३९औँ मिनेटमा एन्टोनी र ४२औँ मिनेटमा इस्कोले गोल गरे ।
खेलको ८५औँ मिनेटमा जिरोनाका लागि क्रिस्थियन स्टनीले गोल गरे पनि पराजय टार्न सकेनन् । यससँगै रियल बेटिस ३-१ ले विजयी भएको हो ।
अंकतालिकामा भने बार्सिलोना शीर्ष स्थानमा छ । रियल मड्रिड दोस्रो स्थानमा रहँदा एट्लेटिको मड्रिड तेस्रो स्थानमा छ । एथ्लेटिक बिल्बाओ चौथो स्थानमा रहँदा भिल्लारियल पाँचौँ स्थानमा छ ।








