गृहपृष्ठ Featured बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

बर्दिया ।

कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको बर्दिया जिल्लाको पर्यटकिय क्षेत्र पछिल्लो समय भने पर्यटकको आगमन हुन थालेको छ ।

कोरोना सङ्क्रमणका कारण करिब ४ वर्ष धरासायी बनेको बर्दिया राष्ट्रिय निकुञ्जमा कोरोना सङ्क्रमणको समाधानसँगै पर्यटक आउने क्रम पनि बढदै गएको छ । निकुञ्जको अवलोकनमा पर्यटकको सङ्ख्या बढ्दै जाँदा निकुञ्जले गर्ने आमदानी समेत बढेको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कलाई हेर्ने हो भने ०७८/७९ मा नेपाली १३ हजार सार्क मुलुकका नौ सय एक र विदेशी मुलुकका दुई हजार तीन सय २२ गरी कुल १६ हजार दुई सय ९७ पर्यटकले निकुञ्जको अवलोकन गरेका छन भने आर्थिक वर्ष ०७९।८० मा नेपाली १६ हजार सात सय ७८ जना, सार्क मुलकुका एक हजार दुई सय २८ र विदेशी मुलुकका छ हजार तीन सय २४ जना गरी कुल २४ हजार तीन सय ३० जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् ।

त्यसैगरी ०८०।८१ मा नेपाली १५ हजार तीन सय २४, सार्क मुलुकका एक हजार चार सय ३६ जना र विदेशी छ हजार तीन सय ८४ जना गरी कुल २५ हजार आठ सय ३१ जना पर्यटकले निकुञ्जको अवलोकन गर्दा चालु आर्थिक वर्षमा भने नेपाली १५ हजार तिन सय २४, सार्क मुलुकका एक हजार ५९ जना र विदेशी मुलुकका पाँच हजार नौ सय २४ जना पर्यटकले निकुञ्ज अवलोकन गरेका छन् ।

कोरोना सङ्क्रमणमा धरासायी बनेको पर्यटकिय क्षेत्रमा पछिल्लो समय पर्यटकको आगमन देखेर निकुञ्जकर्मी समेत उत्साहित भएका छन् ।

सम्बन्धित् समाचार