गृहपृष्ठ Featured च्याम्पियन्स लिग : बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

च्याम्पियन्स लिग : बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। गएराति बार्सिलोनालाई पराजित गर्दै इन्टरले फाइनलमा स्थान सुरक्षित गरेको हो।

सान सिरोमा भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४-३ गोलले पराजित गर्‍यो।

पहिलो लेग ३-३ गोलको बराबरीमा सकिएको थियो।

गएरातिको नतिजासँगै इन्टर समग्रमा ७-६ गोलको जित निकाल्दै फाइनलमा पुगेको हो। सान सिरोमा बार्सिलोना पहिलो हाफमा २-० गोलले पछि परेको थियो।

२१ मिनेटमा इन्टरका लाउटारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका थिए।  ४५ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै हाकान चाल्हानोग्लुले अग्रता दोब्बर पारे।

दोस्रो हाफको ५४ मिनेटमा एरिक गार्सियाले गोल गरे। ड्यानी ओल्मोले ६० मिनेटमा गोल गर्दै खेल  बराबरीमा ल्याए।

८७ मिनेटमा राफिन्हाले गोल गर्दै खेल बार्सिलोनाको पक्षमा ल्याएका थिए।

तर ९० मिनेटपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा फ्रान्सिस्को अचेर्बीले गोल गर्दै बराबरीमा पुर्‍याए।

त्यसपछि खेल तीस मिनेटको अतिरिक्त समयमा लम्बिएको थियो। ९९ मिनेटमा डेविड फ्रातेसीले गरेको गोल निर्णायक बनेपछि बार्सिलोना सेमिफाइनलबाट बाहिरिएको हो।

इन्टरले आर्सनल र पिएसजीबीचको विजेतासँग फाइनल खेल्नेछ।

सम्बन्धित् समाचार