रूपन्देही ।
आजदेखि रूपन्देहीको तिलोत्तमामा दलित ज्ञान उत्सव सुरू हुने भएको छ । स्थानीय तहको सक्रियतामा नेपालमै पहिलोपटक दलित ज्ञान उत्सव २०८२ गर्न लागिएको हो । रुपन्देहीको तिलोत्त नगरपालिकामा न्याय, समानता र अधिकारका लागि ‘तिलोत्तमा दलित ज्ञान उत्सव’ गर्ने भएको हो।
तिलोत्तमा नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमअनुसार ज्ञानउत्सव गरेको बताए। उनका अनुसार उत्सवलाई दलितको सवालमा दलित तथा गैरदलित समुदाय मिलेर प्राज्ञिक वहस गर्न थालिएको हो।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नगर घोषणा गरिएको बताउँदै त्यसैको सिलसिलामा तिलोत्तमा दलित ज्ञान उत्सव गर्न थालिएको बताए।
उनले मानवताको सहरका रुपमा तिलोत्तमालाई विकास गर्ने रणनीतिअनुसार नै दलित समुदायको योगदानलाई पनि सम्मान गर्न उत्सवले सन्देश दिने बताए।








