घनश्याम भर
विजयनगर ।
पाँचौँ कपिलवस्तु जिल्ला स्तरीय डोरीतान प्रतियोगिता सम्पन्न भएको छ । विजयनगर गाउँपालिकाकाे सपाेर्ट र डाेरी तान संघ कपिलवस्तुकाे आयाेजनामा जिल्ला स्तरीय पुरुष-महिला र विजयनगर गाउँपालिका अन्तर माध्यमिक विद्यालय छात्रछात्रा प्रतियोगिता समेत गरिएको डाेरी तान संघ कपिलवस्तुका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।
विजयनगर गाउँपालिका-४ शंकरपुर खेल मैदानमा शनिबार भएको जिल्ला स्तरीय डाेरी तान प्रतियोगितामा पुरुषतर्फ विजयनगर गाउँपालिका प्रथम भएको छ । बुद्धभूमि नगरपालिका द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ भने बाणगंगा नगरपालिका तृतीय स्थान हासिल गरेकाे छ ।
यस्तै प्रतियोगितामा महिलातर्फ बाणगंगा नगरपालिका प्रथम स्थान, विजयनगर गाउँपालिका द्वितीय स्थान र बुद्धभूमि नगरपालिका तृतीय स्थान प्राप्त गर्न सफल भएको आयाेजकले जनाएको छ ।
यसैगरी विजयनगर गाउँपालिका अन्तर माध्यमिक विद्यालय अन्तर्गत छात्रतर्फ भुवनेश्वरी माध्यमिक विद्यालय जगदीशपुर प्रथम भएको छ । यस्तै लाैटन राम द्राेपदी देवी मावि गणेेशपुुर द्वितीय स्थान र हरिबाेध मावि प्रेमनगर तृतीय स्थान प्राप्त गर्न सफल भएको छ ।
यस्तै छात्रातर्फ शिव माध्यमिक विद्यालय डालपुर प्रथम भएको छ । नेपाल तारा मावि महुवाबारी-मगरघट्टा द्वितीय स्थान र भुवनेश्वरी मावि जगदीशपुर तृतीय स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुष-महिला दुबैतर्फ प्रथम हुने समुहले १५ हजार, द्वितीय हुने समुहले १२ हजार र तृतीय हुने समुहले १० नगद सहित शिल्ड मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् । यस्तै अन्तर मावि छात्रछात्रातर्फ प्रथम समुहले १० हजार, द्वितीय समुहले ७ हजार र तृतीय समुहले ५ हजार नगदसहित शिल्ड मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् ।
डाेरी तान संघ विजयनगर गाउँपालिकाका अध्यक्ष उत्तम बहादुर काेरीले डाेरी तान प्रतियोगितामा विजयनगर गाउँपालिका प्रथम स्थानमा विजेता भएकाे हुँदा आगामी वर्ष पुनः गाउँपालिकामै जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन हुने जनाए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले खेलकुदले देश र विदेशमा नेपाल पहिचान बढाएकाे बताएका छन् । यस्ता खेलकुद प्रतियोगिताले युवा खेलाडीलाई प्राेत्साहन गर्नुकाे साथै खेलप्रति लगाव बढेकाे बताउँदै स्थानीय खेलाडी उत्पादनमा अहम भुमिका खेलेकाे उनलाई भनाइ छ । अध्यक्ष थापाले स्थानीय सरकारले पनि खेलकुुद क्षेत्रलाई प्राथमिकतामा आवश्यक रहेकाे जिकिर समेेत गरे ।
कार्यक्रमलाई गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी, ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरी, डाेरी तान संघका केन्द्रीय सचिव मिनराज बस्याल, केन्द्रीय सदस्य तथा प्राविधिक सदस्य नवराज खरेल, डाेरी तान संघका लुम्बिनी प्रदेशका उपाध्यक्ष शिव प्रसाद गैरे, डाेरी तान संघका जिल्ला अध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष बृजकिशाेर मिश्र लगायतले सम्बाेधन गरेका थिए ।








