गृहपृष्ठ Featured बाणगंगामा ‘हरियाली प्रवद्धन अभियान’ कार्यक्रम सुरु

बाणगंगामा ‘हरियाली प्रवद्धन अभियान’ कार्यक्रम सुरु

वाणगंगा नगरपालिकाले कार्तिक १ गतेदेखि सरसफाई र हरियाली प्रवद्धन अभियान सँगै शुक्रबार सरसफाई कार्यक्रमलाई अगाडी बढाएको छ । प्रत्येक महिनाको १ र १५ गते गरिने सरसफाई कार्यक्रम अन्तर्गत शुक्रबार विहान ७ बजे चार नम्बर चोकदेखि सरसफाई अभियान सुरु गरेको हो ।


भनिन्छ सरसफाईको अवस्थाले मानव सभ्यतालाई प्रतिविम्बीत गर्दछ । डम्पीङ साइट नभएका कारण फोहोर मैलाको उचित व्यावस्थापन हुन नसकी कुरुप बनेको वाणगंगा नगर क्षेत्र अव सुन्दर बन्ने संकेत देखिएको छ । वाणगंगा नगरपालिकाले फोहोरमैलाको उचित व्यावस्थापन गर्न शुक्रबारबाट ‘हरियाली प्रवद्धन अभियान’ सुरु गरेसंगै नगर सुन्दर बन्नेतर्फ उन्मुख भएको हो । सम्वृद्ध बाणगंगाको मूल आधार, पर्यटन, वातावरण,पूर्वाधार र रोजगार’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो अभियान महिनामा २ पटक सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

भुपु सैनिक खानेपानी संस्था र वाणगंगा नगरपालिकाको सहकार्यमा केही महिना अघि नगरका चोकचोकमा डस्टविन राखिए पनि त्यसको उचित सदुपयोग भएको देखिँदैन । सवृद्ध बाणगंगाको मूल आधार, पर्यटन, वातावरण,पूर्वाधार र रोजगार’ भन्ने मूल नारा बोकेर हिँडेको नगरपालिकाले फोहोर निषेधित क्षेत्र घोषणा गरिएका ठाउँको फोहोरलाई व्यवस्थापन गर्न सकोस् ।

सम्बन्धित् समाचार