गृहपृष्ठ Featured दाङमा साथीको कुटपिटबाट घाइते १४ वर्षीय किशोरको मृत्यु

दाङमा साथीको कुटपिटबाट घाइते १४ वर्षीय किशोरको मृत्यु

दाङ ।

आफ्नै साथीको कुटपिटबाट घाइते भएका १४ वर्षीय किशोरको मृत्यु भएको छ ।

रुकुमको बाफिकोट घर भई तुलसीपुर ८ दुधेना बस्ने विशाल गिरीलाई जेठ १९ गते बेलुकी तुलसीपुर- ९ बेलुवामा उनकै साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएका विशाललाई उपचारकालागि नेपालगन्ज मेडिकल कलेजमा पठाइएको थियो । कुटपिटबाट टाउकोमा चोट लागेको थियो ।

उनको उपचारका क्रममा गएराति मृत्यु भएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीले जानकारी दिए ।

कुटपिटमा संलग्न वलीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

विशाल र यक्ष साथी भएको र सामान्य विवादमा कुटपिट हुँदा विशालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार