गृहपृष्ठ Featured प्रहरीलाई बाणगंगा नगरपालिकाको ब्यारिकेट र सिसी क्यामेरा सामग्री

प्रहरीलाई बाणगंगा नगरपालिकाको ब्यारिकेट र सिसी क्यामेरा सामग्री

वैखरी अनलाईन, बाणगंगा ।

सडक दुर्घटना न्यूनीकरण र नगरवासीको शान्ति सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यले बाणगंगा नगरपालिकाले इलाका प्रहरी कार्यालय पिपरालाई ब्यारिकेट र सिसी क्यामेरा जडानका सामग्रीहरू हस्तान्तरण गरेको छ ।

नगर प्रमुख चक्रपाणी अर्याल र नगरका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले संयुक्त रुपमा बुधबार आज एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र जिसीलाई २० थान ट्राफिक ब्यारिकेट तथा सिसी क्यामेरा जडानका सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो ।

नगरका मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यसहित ब्यारिकेट प्रदान गरिएको बताउँदै नगरप्रमुख अर्यालले सुरक्षा संवेदनशील क्षेत्रहरूमा निगरानीको लागि सिसी क्यामेरा दिईएको बताउनुभयो । उहाँले अब नगरमा ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणमा थप प्रभावकारी तवर काम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रवक्ता पौडेलले नगरवासीको सुरक्षालाई प्राथमिकतामा राखेर नगरपालिकाले यस्ता सहयोग गर्दै आएको र आगामी दिनमा पनि शान्ति सुरक्षाका क्षेत्रलाई थप प्रविधिमैत्री बनाउने योजना रहेको बताउनुभयो ।

प्रहरी निरीक्षक जिसीले नगरपालिकाको सक्रिय सहयोगप्रति धन्यवाद दिँदै प्राप्त सामग्रीहरूको प्रयोग नगरको शान्ति सुरक्षामा अझ प्रभावकारी ढंगले गरिने प्रतिबद्धता जनाउनुभयो ।

 

सम्बन्धित् समाचार