गृहपृष्ठ Featured यमनमा डुंगा डुब्दा २० बढी आप्रवासीको मृत्यु

यमनमा डुंगा डुब्दा २० बढी आप्रवासीको मृत्यु

काठमाडौं ।

यमनको दक्षिणी अब्यान प्रान्तको तट नजिक अफ्रिकी आप्रवासी बोकेको एक अवैध डुंगा डुब्दा कम्तीमा २० जनाको ज्यान गएको छ भने दर्जनौं अझै बेपत्ता छन्।

शनिबार राति करिब ११ बजे (स्थानीय समयअनुसार) तीव्र हावाहुरीका कारण करिब १५० आप्रवासी बोकेको डुंगा पल्टिएको स्थानीय एक अधिकारीले सिन्ह्वालाई जानकारी दिए ।

शुक्रा र जिन्जिबार सहरका तटहरूमा उद्धार टोलीले आइतबार बिहानसम्म २० भन्दा बढी शवहरू फेला पारेका छन्। ज्यान बचाउन सफल १२ जनालाई उद्दार गरी उपचारका लागि शक्रा जनरल अस्पतालमा लगिएको छ । अझै कैयौं आप्रवासीको अवस्था अज्ञात रहेको अधिकारीहरूले जनाएका छन्।

अब्यान सुरक्षा निर्देशनालयले जारी गरेको विज्ञप्तिमा समुद्री दुर्घटनामा मृत्यु भएका अधिकांश आप्रवासीहरू इथियोपियाली मूलका रहेको उल्लेख गरिएको छ । ती आप्रवासीहरू अफ्रिकाको हर्न क्षेत्रबाट यमन हुँदै अन्य देशतर्फ जान अवैध रूपमा यात्रा गरिरहेका थिए ।

सम्बन्धित् समाचार