मांसपेसीको चोटपछि केही खेल गुमाएका लियोनल मेस्सीले इन्टर मियामीलाई लिग्स कपको फाइनलमा पुर्याएका छन् । ओर्लान्डो सिटीविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको मियामी हाफपछि मेस्सीको महत्त्वपूर्ण दुई गोलपछि उपाधिनजिक पुगेको हो ।
उनले ७७औँ (पेनाल्टी) र ८८औँ मिनेटमा गोल गरे ।
यसपछि ९१औँ मिनेटमा टेलास्को सेगोभियाले १ गोल थपेर मियामीलाई ३–१ को जित दिलाए । ओर्लान्डो सिटीका मार्को पासालिकले ४६औँ मिनेटमा गोल गरे पनि त्यसपछि टिमका अरु खेलाडीले गोल गर्न नसक्दा फाइनलमा जानबाट चुक्यो ।
लियोनल मेस्सीले इन्टर मियामीमा आबद्ध भएपछि सन् २०२३ मा ऐतिहासिक लिग्स कप जिताएका थिए ।








