गृहपृष्ठ Featured त्रिपालमुनी सुतेकी महिला र बालिकाको मृत्यु

त्रिपालमुनी सुतेकी महिला र बालिकाको मृत्यु

अछामको बारलामा छाउ बार्न त्रिपालमुनी सुतेकी एक महिला र अर्की एक बालिकाको भिरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ । घटनामा एक महिला गम्भीर घाइते छन् ।

मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–८ बारला स्थित सेलापानी चुरखोला टोलकी ३५ वर्षीया निम देवी खनाल र सात वर्षीया बालिका कविता भण्डारी रहेका छन् । भण्डारी मंगलसेन नगरपालिका–६ की हुन् ।

घटनामा मृतक कविताकी आमा ३६ वर्षीया रत्नकला भण्डारी घाइते छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार निमदेवी र रत्नकला छाउ (महिनावारी) भएका कारण घर नजिकै त्रिपाल टाँगेर बसेका थिए ।

उनीहरुसँगै बालिका पनि सुत्न गएकी हुन् । राती सुतिरहेको बेला निरन्तरको अबिरल वर्षाका कारण घर माथिको भिरबाट खसेको ढुंगा लागेर उनीहरु दुई जनाको मृत्यु भएको डीएसपी खनालले बताए । घटनामा घाइते रत्नाको अवस्थापनि गम्भीर रहेको छ । रत्ना केहि समयदेखि माइतीमा बस्दै आएकी थिइन् ।

सम्बन्धित् समाचार