गृहपृष्ठ Featured सुनको मूल्यमा नयाँ कीर्तिमान : पुग्यो दुई लाख ६ सय

सुनको मूल्यमा नयाँ कीर्तिमान : पुग्यो दुई लाख ६ सय

आज (शुक्रबार) सुनको मूल्य अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको छ।

आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको छ। यो सँगै सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।

अघिल्लो दिन २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ६० रुपैयाँ पुगेको छ।

सम्बन्धित् समाचार