सुर्य प्रसाद भुसाल, अर्घाखाँची ।
अर्घाखाची जिल्लाको शितगङ्गा नगरपालिका ११ मा रहेको गैडे सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक बनको क्षेत्रभित्र पर्ने ३ वटा सामुदायिक बिधालयका ७५० जना बिधार्थिहरुलाई पोशाक सेट तथा ९० जना बिधार्थि हरुलाई स्टेसनरी सामाग्री बितरण गरेको सामुदायिक बनका सचिव सीता बेल्वासेले बताईन ।
सामुदायिक बन उपभोक्ता समुह ले आ.व २०८१÷०८२को स्वीकृत कार्यक्रम अन्तरगत समुहको कार्य क्षेत्रभित्र पर्ने गंगा ज्योति माध्यमिक बिधालय पथ्थरकोट, जनज्योति आधारभुत बिधालय विरपुर रुद्रवेणी आधारभूत बिधालय मौवाबारीका सम्पुर्ण विद्यार्थीहरु लाई पोशाक वितरण गरेको समुहका अध्यक्ष जुद्द बहादुर नेपाली ले जानकारी दिए ।
डिभिजन वन कार्यालय अर्घाखाँची अन्तर्गतपर्ने शितगङ्गा सव डिभिजन वन कार्यालयको समन्वयमा बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको डिभिजन वन कार्यलयका प्रमुख नारायण देव भट्टराईले बताए ।
सम्बन्धित बिद्यालयमै पुगेर सामुदायिक वन समितिले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको सितगङ्गा सव डिभिजन प्रमुख चन्द्र भाटले बताए ।
सामुदायिक वनको तर्फबाट सामाजिक सेवा गर्ने क्रममा बिद्यार्थीहरुलाई पोशाक बितरण गर्नु उत्कृष्ट काम भएको डिभिजन बन कार्यलय का प्रमुख भट्टराईको भनाइ छ । पोषाक बितरण कार्यक्रममा स्थानिय बासि बन कर्मचारी सामुदायिक बनका पदाधिकारी शिक्षक बिधार्थि को उपस्थिति रहेको थियोे ।
कणालि भनेर परिचित छरिएको पातलो बस्ती रहेको सितगङ्गा नगरपालिका अन्तरगत रहेका बिकट गाउँमा तीन तहको सरकारले विकासका सबै पूर्वाधार पु¥याउन नसकेको बेला याहाका सामुदायिक बनहरुले नागरिकको शुखदुखमा साथ दिदै आएका छन । अर्घाखाँचीको शीतगंगा नगरपालिकामा सामुदायिक वनबाट सङ्कलन भएको आम्दानीले वाषिक करोडौं का योजना कार्यान्वयनमा आएका छन् । गाउँलेहरु भेला भई आवश्यकताको आधारमा योजना छानेर गर्ने र बजेट विनियोजित गरी गाउँको विकासमा खर्च गर्ने गरिएको सितगङ्गा ११ मा रहेको गैडे सामुदायिक बनका सचिव सीता बेल्वासेले जानकारी दिईन ।
भौगोलिक विकटताका कारण अर्घाखाँचीको शीतगंगा नगरपालिकाका पिरापानी, भंगला, पाव्ररा , पौवाबारी, खयरभटी लगाएतका ठाउमा सरकारी निकायबाट हुने विकास निर्माणका काम न्यून भएपछि ती ठाउमा सामुदायिक बनको आम्दानी ले बिकासका कामहरु अगाडि बढाईएको छ । झन्डै आठ सय घरधुरी छरिएका बस्ती मा सामुदायिक बनको आम्दानी बाट बिकास का कामहरु हुने गरेका छन । गाउँमा पशुपालन, मोटर बाटो, खानेपानी, बिजुली, विद्यालय, कुलो, पाटीपौवा, मन्दिर निर्माण, आर्यआर्जनका धेरै काम सरकारी बजेटबाट नभइ सामुदायिक वनको आम्दानीबाट हुने गरेको स्थानीय ले बताउछन ।








