गृहपृष्ठ Featured एनपीएल खेल्ने तयारीमा अष्ट्रेलियाका क्रिस लिन

एनपीएल खेल्ने तयारीमा अष्ट्रेलियाका क्रिस लिन

काठमाडौं ।

अष्ट्रेलियाका ब्याटर क्रिस लिनले नेपाल प्रिमियर लिग ( एनपीएल ) को दोस्रो संस्करण खेल्ने भएका छन् । उनले सुदुरपश्चिम रोयल्सबाट खेल्ने तय भएको हो । तर, आधिकारिक घोषणा भने भइसकेको छैन ।

सुदूरपश्चिमले बुधबार सामाजिक सञ्जालमा अष्ट्रेलियाका खेलाडी भित्राएको उल्लेख गरेको छ । तर, खेलाडीको नाम भने तोकेको छैन । खेलाडीको बारेमा केही हिन्ट भने दिएको छ । उक्त हिन्टलाई आधार मान्दा उक्त खेलाडी अष्ट्रेलियाका क्रिस भएको मान्न सकिन्छ । हिन्टको रुपमा सानो फोटो क्रिसकै भएको हामीले फेला पार्‍यौं ।

यस्तै, २२० छक्का र ३९५५ रन पनि उल्लेख गरिएको छ । त्यसलाई हेर्दा पनि क्रिस हुन् भनेर आँकलन गर्न कठिन छैन । उनले बिग ब्यास लिगमा गरेको प्रदर्शन त्यहाँ खेलेको कुरासँग मिल्छ । उनले लिगका १२७ खेलमा ३९५५ रन बनाएका छन् । जसमा २२० छक्का प्रहार गरेका छन् ।

सन् २०१४ देखि २०१८ सम्म अष्ट्रेलियाका लागि खेलेको क्रिसले १८ खेलको १६ इनिङमा २९१ रन बनाएका छन् । उनीसँग विविएलसहित इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिगसहितका विश्वका चर्चित लिग खेलेको अनुभव छ । पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो ।

सम्बन्धित् समाचार