काठमाडौं ।
सरकारले नेपालमा २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि कलिङ तथा म्यासेजिङ एप भाइबर गुगल प्ले स्टोरको शीर्षस्थानमा आएको छ ।
२४ घण्टाअघि प्ले स्टोरको टप फ्रि एप लिस्टमा ५० भन्दा तल रहेको भाइबर अहिले एक नम्बरमा आएको हो । पछिल्लो २४ घण्टामा नेपालमा एन्ड्रोइड प्रयोगकर्ताले धेरै डाउनलोड गरेका कारण राकुटेन भाइबर म्यासेन्जर शीर्षस्थानमा आएको हो ।








