गृहपृष्ठ Featured गौतमबुद्ध सामुदायिक वनद्धारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

गौतमबुद्ध सामुदायिक वनद्धारा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

कपिलवस्तु ।

बुद्धभुमी नगरपालिकामा रहेको गौतमबुद्ध सामुदायिक वन उपभोक्ता समूहले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेको छ । शनिबार कार्यालयमा आयोजित कार्यक्रममा वनका अध्यक्ष सूर्य मल्लले नीतिगत कार्यक्रमसँगै आर्थिक वर्ष २०८१र८२ को आय–व्यय विवरण प्रस्तुत गर्नुभयो ।

 

‘हरियो वन, नेपालको धन’ भन्ने नारासहित वन संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै सामुदायिक वनले शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा पनि सक्रिय योगदान दिँदै आएको अध्यक्ष मल्लले बताउनुभयो ।

 

गत आर्थिक वर्षमा समूहले एक करोड १९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । सो अवधिमा विद्यार्थीलाई छात्रवृत्ति वितरण, वडा स्तरीय क्रिकेट प्रतियोगिता, क्षमता विकास तालिम, कृषक लक्षित तालिमलगायतका कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

आगामी वर्षका लागि सामुदायिक वनले सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रम निरन्तर सञ्चालन गर्ने उल्लेख गर्दै अध्यक्ष मल्लले करिब १ करोड ५१ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको बजेट प्रस्तुत गर्नुभयो ।

 

कार्यक्रममा वनका पदाधिकारी, वडा सदस्य, उपभोक्ता, शसस्त्र प्रहरी बेस क्याम्प चौरीका इन्चार्ज, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा वनले सम्पन्न गरेका विभिन्न कार्यक्रमबारे सार्वजनिक सुनुवाइसमेत गरिएको थियो ।

कार्यक्रममा उपस्थितले राखेका जिज्ञासाको जवाफ अध्यक्ष मल्लले दिनुभएको थियो ।

सम्बन्धित् समाचार