गृहपृष्ठ Featured हेटौंडामा बिहानैदेखि प्रदर्शन

हेटौंडामा बिहानैदेखि प्रदर्शन

हेटौंडामा बिहानैदेखि  सरकार विरोधी प्रदर्शन सुरु भएको छ। जेनजी पुस्तालाई समर्थन गर्दै हेटौंडा १६ मा आम सर्वसाधारण टायर बालेर बिरोधमा उत्रिएका हुन्।

भ्रष्टाचारको अन्त्य, सुशासनको प्रत्याभूति र अभिव्यक्ति स्वतन्त्रताका लागि सामाजिक सञ्जाल फिर्ता लगाएतको माग राख्दै जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलनमा भएको बल प्रयोगका क्रममा १९ जनाको मृत्यु र सयौं घाइते भएपछि आम सर्वसाधारण सडकमा आउन थालेका छन् ।

हेटौंडामा आज पनि जेनजी पुस्ताले प्रदर्शनको तयारी गरेको छ । उनीहरुले आज बिहान् १० बजे हेटौंडा उपमहानगरपालिकाको गेट अगाडि भेला हुन आह्वान गरेको छन् । बिहानैबाट हेटौंडा बजारमा बाक्लो सुरक्षाकार्मीको उपस्थिती रहेको छ । यता पश्चिम मकवानपुरमा जेनजीको समर्थनमा व्यपारीहरुले बजार बन्द गरेका छन् ।

व्यापारीहरुले प्रदर्शनको समर्थनमा स्वतः बजार बन्द गरेको बताएका छन् ।उनीहरूले राजमार्ग समेत बन्द गराएका छन् ।

सम्बन्धित् समाचार