गृहपृष्ठ Featured बिहानै बानेश्वर पुगेका जेनजीको माग– हाम्रा साथी फिर्ता दे सरकार !

बिहानै बानेश्वर पुगेका जेनजीको माग– हाम्रा साथी फिर्ता दे सरकार !

काठमाडौं ।

काठमाडौं सोमबारदेखि तनावग्रस्त छ । सोमबार काठमाडौंमा जेनजीको आन्दोलनमा प्रहरी दमनका कारण कम्तिमा पनि १७ जनाको मृत्यु भएको छ ।

इटहरीमा दुई गरी हिजोको आन्दोलनमा जम्मा १९ जनाको मृत्यु भएको छ ।  राति अबेरसम्म सडकमै रहेका जेनजी पुस्ता आज पनि बिहानैदेखि संसद् भवन अघि पुगेर नाराबाजी गरिरहेका छन् ।

उनीहरुले ‘हाम्रा साथी फिर्ता दे सरकार’ ‘सरकार राजीनामा दे’ लगायतका माग राखेका छन् ।

सम्बन्धित् समाचार