गृहपृष्ठ Featured प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

प्रदर्शनको क्रममा घाइते भएका थप दुई जनाको मृत्यु

काठमाडौंको वीर अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल पुर्‍याइएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको एक चिकित्सकले जनाएको छ।

चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन्।

‘घाइते दुई जनाको मृत्यु भएको छ। केही गम्भीर घाइते छन्,’ उनले भने।

योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ।

काठमाडौंमा सोमबार मात्रै १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको छ।

सम्बन्धित् समाचार