गृहपृष्ठ Featured नेविसंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद आचार्यले दिए राजीनामा

नेविसंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद आचार्यले दिए राजीनामा

कपिलवस्तु ।

कलिला अबोध विद्यार्थीहरूको निर्मम हत्या भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद आचार्यले राजीनामा दिएका छन् ।

उनले सामाजिक संजालमा “ती कलिला विद्यार्थीहरूको रगत बगिरहँदा म टुलुटुलु हेरेर ‘विद्यार्थी संघ जिन्दाबाद’ भन्न मेरो रगतले दिएन,” भन्दै पदत्याग गर्ने निर्णय गर्नुभएको उल्लेख छ ।

आचार्यले अबको दिनमा नेपाली कांग्रेसको कुनै पदमा नरहेको स्पष्ट पार्दै Gen-Z जनविद्रोहको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

सम्बन्धित् समाचार