काठमाडौं ।
जेनजी आन्दोलनले अवरुद्ध भएको अन्तर्राष्ट्रिय र डोमेस्टिक उडान वातावरण सहज भएपछि खुल्दा बाहिर जाने युवा तथा यात्रुको विमानस्थलमा भिड लागेको छ ।
मुलुकको शासन व्यवस्था परिवर्तन हुने र स्वदेशमै रोजगारी पाउने विश्वास गरेका युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिदा अझै त्यो वातावरण बन्न समय लाग्ने बताएका छन् ।
काम विशेषले काठमाडौंमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुहरु गन्तव्यतर्फ जान अहिले विमानस्थलमा हतारिएको देखिन्छन् । दशैं पनि अब नजिकैगर्दा काठमाडौं बाहिर जाने यात्रुहरुको चाप बढ्दैगएको छ ।








