गृहपृष्ठ Featured कपिलवस्तु कारागारबाट फरार ७२ जना कैदीबन्दी पक्राउ

कपिलवस्तु कारागारबाट फरार ७२ जना कैदीबन्दी पक्राउ

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु कारागारबाट भागेका ७२ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी नायब उपरीक्षक ९डीएसपी० दिपेन्द्र कुमार सिंहका अनुसार कारागारबाट फरार भएका कैदीबन्दीमध्ये हालसम्म ७२ जनालाई नियन्त्रणमा लिइएको हो।

कपिलवस्तु कारागारका दुई ब्लकमा ४५९ जना कैदीबन्दी रहेका थिए। तीमध्ये २९ जना भने कारागारमै रहेका छन्।

फरार कैदीबन्दीहरुको खोजतलास जारी रहेको र बाँकीलाई पनि चाँडै नियन्त्रणमा लिइने प्रहरीले जनाएको छ।

सम्बन्धित् समाचार