गृहपृष्ठ Featured आंशिक रुपमा सञ्चालनमा आयो भैरहवा भन्सार कार्यालय

आंशिक रुपमा सञ्चालनमा आयो भैरहवा भन्सार कार्यालय

भैरहवा ।

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ठप्प भएको रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा रहेको भन्सार कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको छ।

शुक्रबार बिहानदेखि आवश्यकताका आधारमा भारतबाट एलपी ग्यास, तरकारी र फलफूल आयात भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जानकारी दिए।

मुलुकको अवस्था हेरी थप आयात–निर्यातका काम अगाडि बढाउने उनले बताए। तोडफोड र आगजनीका कारण भैरहवा भन्सार कार्यालयका कम्प्युटर, दस्तावेज, फर्निचर जलेका कारण कागजी व्यवस्थापन गरेर सेवा सुरु गर्न लागिएको उनले जानकारी दिए।

सम्बन्धित् समाचार