गृहपृष्ठ Featured देशका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुबाट पक्राउ

देशका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुबाट पक्राउ

कपिलवस्तु ।

मुलुकका विभिन्न कारागारबाट भागेका १७ कैदीबन्दी कपिलवस्तुमा समातिएका छन् ।

जेन–जीको प्रदर्शनका क्रममा भदौ २४ र २५ गते भागेकामध्ये केन्द्रीय कारागार सुन्धाराबाट भागेका ८ जना, नक्खु कारागारबाट भागेका ५, तुल्सीपुर कारगारबाट भागेका ३ र कास्की कारागार बाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।

पक्राउ परेका सबैलाई सदरमुकाम तौलिहवास्थित कपिलवस्तु कारागारमा राखिएको छ । जिल्लामा सुरक्षा सतर्कता अपनाई चेकजाँच तीव्र बनाएपछि भागेकालाई पक्राउ गरिएको थियो ।

त्यस्तै २५ गते बिहान कपिलवस्तु कारागार आगजनी र तोडफोड गरि भागेका एक सय १४ कैदीबन्दी पक्राउ परेका छन् । कारागार आगजनी हुँदा २९ कैदीबन्दी भागेका थिएनन् ।

सम्बन्धित् समाचार