गृहपृष्ठ Featured ‘फागुनको निर्वाचनका लागि मतदाताको नामावली दर्ता रोकिएको छैन,दर्ता गर्नु’

‘फागुनको निर्वाचनका लागि मतदाताको नामावली दर्ता रोकिएको छैन,दर्ता गर्नु’

काठमाडौँ । आगामी फागनु २१ गते निर्वाचनका लागि मिति घोषणा गरेपनि  यहि निर्वाचनमा मतदान गर्न पाउने गरी नामावली दर्ता नरोकीएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन घोषणा भएपनि फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने १६ वर्षको पुुगेको नागरिकता भएका व्यक्तीले मतदाता नामावली दर्ता गर्न पाउने छन् ।
प्रदर्शनबाट सरकार ढालेर शुशिला कार्कीको नेतृत्वमा नयाँ सरकार बनाएका उमेर समुह जेनजी समुहले नै मतदान गर्न नपाउने हुन कि भन्ने अन्योलकाबिच निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक नरोकिने बताएको हो ।
आयोगका अर्का एक अधिकारीका अनुसार अहिलेको अवस्थामा मतदाताको नामावली दर्ता रोक्ने कुरा व्यवहारत जायज नहुने भएकाले पनि निर्वाचन आयोगले तत्कालै नामावली दर्ता नरोकेको हो । तर संसोधनको प्रक्रियाहरु पूरा गरेर यसलाई टुंगाउने विषयमा आयोगमा छलफल भैरहेको छ ।
अहिलेको निर्वाचन ऐन अनुसार निर्वाचनको मिति घोषणा भएपछि सोही निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्न नमिल्ने व्यवस्था रहेको छ । अहिलेको ऐनमा भएको व्यवस्था संसोधनका लागि आयोगले तयार पारेको विधेयक छलफलको चरणमै रहेको छ ।

सम्बन्धित् समाचार