बर्दियामा जनजीवन सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएको छ ।
तर सदरमुकाम गुलरियाको केही सीमित ठाउँमा बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म निषेधाज्ञा लागु गरेको छ ।
निषेधाज्ञाका समयमा ५ जनाभन्दा बढी भेला हुने, जुलुस प्रदर्शन गर्ने लगायत सभा गर्न रोक लगाइएको छ ।








