गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ६ मा सर्पको टोकाईबाट एक जना महिलाको मृत्यु भएको छ ।

बाणगंगा नगरपालिका वडा नः ६ गन्र्दभ टोल बस्ने बर्ष ३५ की गोमा नेपालीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

 

आइतबार साझ करिव ६ बजेको समयमा उनलाई गोमन सर्पले टोकेपछि करिव ८ बजेको समयमा सर्प दंश उपचार केन्द्र गोरुसिगे लैजादै गर्दा बिच बाटोमै उनको मृत्यु भएको सर्प दंश उपचार केन्द्र गोरुसिगेका ब्यवस्थापक नविन भण्डारीले वैखरीलाई बताए ।

अहिले उनको शव पोष्टमार्टमका लागी पिपरा अस्पताल लगीएको छ ।

सम्बन्धित् समाचार