गृहपृष्ठ Featured वन्यजन्तु जोगाउन बर्दियाका युवाहरू गस्तीमा

वन्यजन्तु जोगाउन बर्दियाका युवाहरू गस्तीमा

बर्दियाको मधुवन नगरपालिकाका युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेका छन्। चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा युवाहरूले रातमा पैदल गस्ती गर्ने गरेका हुन्।

मध्यवर्र्ती क्षेत्रसँग सिमाना जोडिएको ठाउँमा वन्यजन्तुको चोरी शिकार र अवैध गतिविधि हुन नदिन युवाहरूले गस्ती गर्दै आएका छन्। चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान, बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाली सेनालगायतको टोलीले निकुञ्ज आसपासमा गस्ती गर्दै आएको छ। युवा परिचालन अभियानमा आबद्ध युवाले सामुदायिक वन, मध्यवर्र्ती क्षेत्र र निकुञ्जमा  कसैले शंकास्पद गतिविधि गरेमा निकुञ्ज र नेपाली सेनालाई खबर गर्ने गरेको छन्।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान उपसमिति सूर्यपटुवाका अध्यक्ष गोविन्द थारूले खाता करिडोरमा गस्ती गरिएको बताए।

वन्यजन्तुको संरक्षण गर्नमा स्थानीयको महत्वपूर्ण योगदान रहँदै आएको छ। वन्यजन्तुका कारण बर्दिया विश्व समुदायमाझ परिचित हुँदै गएको छ भने चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले गरेको कामको बारेमा अध्ययन गर्न पछिल्लो समयमा विदेशी नागरिकहरू समेत आउन थालेका छन्।

सम्बन्धित् समाचार