गृहपृष्ठ Featured सुनको मूल्यले बनायो नयाँ रेकर्ड : २ लाख १७ हजार १ सयमा कारोबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड : २ लाख १७ हजार १ सयमा कारोबार

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

आज मंगलबार सुनको मूल्य तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम थियो।

यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार मंगलबार चाँदीको मूल्य २ हजार ५९५ रुपैयाँ कायम भएको छ, जुन पनि अहिलेसम्मकै उच्च मूल्य हो।

सुन–चाँदीको मूल्य वृद्धिले बजारमा लगानीकर्ताहरुको ध्यान केन्द्रित भएको छ।

सम्बन्धित् समाचार