काठमाडौं ।
जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएकाको शोकमा दीप प्रज्वलन गरिएको छ । बुधबार काठमाडौंको माइतीघर र संसद् भवनअगाडि भेला भएर मृतकका परिवार तथा जेनजीहरूले देशभरका सहिदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
मृतकप्रति श्रदाञ्जली दिँदै परिवारजनप्रति गहिरो समवेदना समेत व्यक्त गरे । उनीहरूले देशमा आफूहरूको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वास समेत व्यक्त गरे ।
गत भदौ २३ र २४ गते भएको भ्रष्टाचारविरोधी जेनजीको आन्दोलनको क्रममा देशभर ७४ जनाको मृत्यु भएको थियो । सयौँ घाइते भएका थिए ।








