गृहपृष्ठ Featured तत्काल नेतृत्व नछाड्ने प्रचण्डको संकेत !

तत्काल नेतृत्व नछाड्ने प्रचण्डको संकेत !

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले कमजोरी गरेको स्वीकार गरे पनि तत्काल नेतृत्व नछाड्ने संकेत गरेका छन् ।

संविधान दिवसको अवसरमा विहीबार सार्वजनिक एक भिडियो सन्देशमा प्रचण्डले भनेका छन्, ‘आज संविधान दिवसको अवसरमा म स्वीकार गर्दछु कि हामीबाट पनि कमजोरी भएका छन्।’

सम्बोधनमा उनले गलत विचार र नीति नलिए पनि व्यवहारमा चुकेको स्वीकार गरेका छन् । ‘हामीले गलत विचार र नीति लिएका होइनौं तर, व्यवहारमा हामी कतै न कतै चुक्यौं’ उनले भनेका छन्, ‘वर्ग र समुदायसँगको हिजोको हाम्रो जीवन्त सम्बन्ध कतै न कतै फितलो हुन गयो। सहिद परिवार, बेपत्ता परिवार, घाइते-अपाङ्ग र यातनापीडित साथीहरूका हामीप्रतिका अपेक्षा पूरा गर्न हामी कतै न कतै अल्मलियौं।’

गल्ती किन भयो त ? माओवादी र यसको नेतृत्व किन चुक्यो ? जवाफमा उनी आफ्नो कमजोरी स्वीकार्न तयार देखिन्नन् । यसका लागि उनले संख्यामा कमजोर हुनुलाई उल्लेख गरेका छन् ।

सम्बन्धित् समाचार