गृहपृष्ठ Featured परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चा !

परराष्ट्रमन्त्रीमा राजेश हमालको चर्चा !

काठमाडौं ।

नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाललाई सुशीला कार्की सरकारमा लैजानका लागि पहल सुरू भएको छ । सरकारनिकट पात्रहरूले उनलाई अनौपचारिक रूपमा प्रस्ताव समेत गरिसकेको स्रोतले बतायो ।

हमाल अहिले अष्ट्रेलियामा छन् । नेपालमा जेनजी आन्दोलन भएकै दिन गत भदौ २३ मा उनी प्रस्थान गरेका थिए । ‘यो नेपाली शिर उचाली’ नामक टेलिभिजन कार्यक्रमको छायांकनका लागि उनी गएका हुन् । जाँदै गर्दा उनले फेसबुकमा स्टाटस लेखेर आन्दोलनमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेका थिए ।

हमालले लेखेका थिए, ‘हामी एक राष्ट्रको रूपमा हाम्रो युवालाई आशालाग्दो भविष्य मात्र दिन असफल भएका छैनौं, उनीहरूको वर्तमानसमेत खोसिरहेका छौं । नेपाली भएकोमा यती लाज महसुस मैले कहिले गरेको थिइनँ । आजको दिन नेपालको इतिहासमा सबैभन्दा पीडादायी दिन बनेको छ ।’

उनी त्यता गएपछि देशको राजनीतिक सन्तुलनमा उलटफेर आएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गैरराजनीतिक सरकार गठन भएको छ ।

सम्बन्धित् समाचार