नविन भुसाल, बाणगंगा ।
कपिलवस्तु उद्योग बाणिज्य सघंले महोत्सवमा घाइते भएका थमनसिहं ताम्राकारलाई २ लाख रुपैया सहयोग गरेको छ । गत बर्ष सघंको बाणगंगाको बुद्धरगंशालामा भएको १५ औँ कपिलवस्तु महोत्सवमा ब्यवसाय सञ्चालनका क्रममा घाइते भएका बाणगंगा नगरपालिका वडा नम्बर १ उत्तमनगरका ताम्राकारलाई सघंले २ लाख रुपैया सहयोग प्रदान गरेको हो । सघंले उनको उपचारमा तत्कालै ५१ हजार सहयोग गरेको थियो ।
सहयोग प्रदान गर्दै सघंका अध्यक्ष गणेश बहादुर क्षेत्रीले महोत्सवभित्र घाइते भएकाको उपचार र जिवनस्तर उकास्न सघंको दायित्व रहेको बताउदैँ घाइतेलाई थप सहयोग प्रदान गरिएको बताए ।
सो अवसरमा कपिलवस्तु उद्योग बाणिज्य सघंका निबर्तमान अध्यक्ष डोलकराम घिमिरे, उपाध्यक्ष रामजि सेन, महासचिव नवदत्त घिमिरे, कोषाध्यक्ष धिरज खनाल लगायतको सहभागिता रहेको थियो । सो रकम पाएपछि ताम्राकारले खुशी हुदै उपचारमा सहयोग पुग्ने बताउदै सघंलाई धन्यवाद समेत दिएका थिए ।








