गृहपृष्ठ Featured एसिया कपमा विवाद : भारतले गर्‍यो ट्रफी विनै सेलिब्रेसन !

एसिया कपमा विवाद : भारतले गर्‍यो ट्रफी विनै सेलिब्रेसन !

भारतले नवौँ पटक एसियाकप क्रिकेटको उपाधि जितेको छ। पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै भारत विजेता बनेको हो। तर जितपछि भारतीय टोलीले ट्रफी नउठाईकनै खुसी मनायो।

भारतले ट्रफी लिन अस्वीकार गर्ने निर्णय पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नकवी नै एशियन क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष भएको कारण देखाउँदै गरेको बताइएको छ। नकवीले भारतीय टोलीले आफ्नै हातबाट ट्रफी लिन अस्वीकार गरेपछि भारतीय अफिसियलहरूको हातबाट पनि ट्रफी हस्तान्तरण गर्न दिएनन्। त्यसपछि उनले ट्रफी मैदान बाहिर पठाए।

सम्बन्धित् समाचार