गृहपृष्ठ Featured गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ

गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ

१४ असोज, गुल्मी ।

गुल्मीमा नाबालिका बलत्कारको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका–३ घर भएका २५ वर्षीय राजु सार्कीलाई प्रहरीले पक्रेको हो ।

१२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा सार्कीलाई सोमबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार