गृहपृष्ठ Featured माटोले पुरिएर घाइते भएका चारै जनाको मृत्यु

माटोले पुरिएर घाइते भएका चारै जनाको मृत्यु

जनकपुरधाम ।

सर्लाहीमा माटोको ढिस्कोले पुरिएर गम्भिर घाइते भएका चारै जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका ६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।

उनीहरूको पौने ११ बजे प्रादेशिक अस्पताल मलंगवामा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

उनीहरू बुधबार बिहान करिब सावा ९ बजे सर्लाहीको हरिपुर्वा नगरपालिका १ हर्दी नदीस्थित खुर्पालेमा घर लिपपोत गर्ने माटो खन्न पुगेका थिए।

माटो खन्नेक्रममा उनीहरूलाई माटोको ढिस्कोले पुरेको थियो।

सम्बन्धित् समाचार