गृहपृष्ठ Featured जापानको राजनीतिक संकट सम्हाल्दै पहिलो महिला प्रधानमन्त्री !

जापानको राजनीतिक संकट सम्हाल्दै पहिलो महिला प्रधानमन्त्री !

काठमाडौं ।

जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाउने भएको छ । सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले पूर्व आर्थिक सुरक्षा मन्त्री साना ताकाइचीलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको छ।

जापानमा बहुमत प्राप्त दलको अध्यक्ष नै प्रधानमन्त्री बन्ने अभ्यास अनुसार, उनी जापानको प्रधानमन्त्री बन्ने लगभग निश्चित छ ।

ताकाइचीलाई पूर्व प्रधानमन्त्री सिन्जो आबेकी नजिककी नेतृ मानिन्छ। आबे जापानका सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेता हुन्। पछिल्ला पाँच वर्षमा जापानमा चार पटक प्रधानमन्त्री परिवर्तन भइसकेका छन्, र ताकाइची पाँचौं प्रधानमन्त्री बन्ने तयारीमा छिन्।

ताकाइचीले पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा र हालका कृषि मन्त्री कोइजुमी सिन्जिरोलाई हराएर पार्टी अध्यक्ष जितेकी हुन्। कोइजुमीले अध्यक्ष जित्दा उनी देशकै पहिलो कम उमेरका प्रधानमन्त्री बन्न सक्थे ।

सम्बन्धित् समाचार