गृहपृष्ठ Featured सुदन गुरूङ भन्छन्- ‘जेनजीलाई फुटाउने प्रयास नगरियोस्’

सुदन गुरूङ भन्छन्- ‘जेनजीलाई फुटाउने प्रयास नगरियोस्’

२१ असोज, काठमाडौं ।

जेनजी युवाका नेता सुदन गुरूङले आफूहरू कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास नगर्ने भन्‍दै जेनजीको नाममा आपराधिक गतिविधि नभड्काउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्‍दै सुदनले यस्तो आग्रह गरेका हुन् ।

उनले लेखेका छन्. ‘ हामी कुनै पनि हिंसात्मक गतिविधिमा विश्वास गर्दैनौं। हाम्रो नाम प्रयोग गरी अपराधिक गतिविधिहरू भडकाइँदैछ।’

उनले यस्ता कार्य गर्नेहरूले कानुन बमोजिम सजाय भोग्नुपर्ने बताएका छन्। साथै आन्दोलन सधैं शान्तिपूर्ण हुने उनको भनाइ छ ।
‘हाम्रो आन्दोलन सधैं शान्तिपूर्ण नै थियो र रहनेछ; त्यसैले त्यस्ता कार्यमा संलग्न नहुन र त्यस्ता कार्य हुन नदिन सबैलाई अनुरोध गर्दछौं।’उनले भनेका छन् ।

यस्तै उनले राजनीतिक दलहरूलाई अहिले राजनीतिक षड्यन्त्र गर्ने र गराउने नभउको भन्‍दै फुटाउने प्रयास नगर्ने चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘हामी राजनीतिक दलहरूलाई खबरदारी गराउन चाहन्छौं कि राजनीतिक षड्यन्त्र गर्ने र गराउने यो समय हैन। अब जनता जागिसकेका छन्; हामीलाई फुटाउन कुनै प्रयास नगरियोस्।’

सम्बन्धित् समाचार