काठमाडौं- नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध प्रहरीले माग गरेको पक्राउ पुर्जीबारे अदालतले थप प्रमाण खोजेको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यसबारे आदेश जारी गर्दै थप प्रमाण पेश गर्न भनेको अदालत स्रोतले जानकारी दिएको छ।