गृहपृष्ठ Featured भारतको हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा पर्ने बिलासपुर जिल्लामा मंगलबार पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ। जसमा ​​दुई बालबालिका र चार महिला पनि छन्।

बिलासपुरका प्रहरी उपरीक्षक (एसपी) सन्दीप धवलले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार, ‘निजी बसको भग्नावशेष पहाडबाट खसेको छ। नौ पुरुष, चार महिला र दुई बालबालिकासहित १५ जनाको मृत्यु भएको छ।’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति शोक व्यक्त गरेका छन्। मृत्यु भएका परिवार र घाइतेहरूका लागि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट राहत दिने घोषणा पनि गरेका छन्।

प्रधानमन्त्री कार्यालयले ट्विटरमा पोस्ट गरेको छ, ‘हिमाचल प्रदेशको बिलासपुरमा भएको दुर्घटनामा ज्यान गुमाएकामा म दुःखी छु। यस कठिन समयमा पीडित व्यक्ति र उनीहरूका परिवारप्रति मेरो समवेदना। प्रधानमन्त्री राष्ट्रिय राहत कोषले प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ राहत प्रदान गर्नेछ।’

सम्बन्धित् समाचार