उनले भने, “संसद पुनःस्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढक्ढक्याउँछौं। पार्टीले आधिकारिक ढंगले जाने अथवा कानून व्यवसायीमार्फत जाने भन्ने विषयमा अन्तिम छलफल भइरहेको छ।”
नेता बस्नेतले भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले उठाएका मुद्दामा आफूहरूको पूर्ण समर्थन रहने स्पष्ट पार्दै नयाँ दलहरूले उनीहरूको माग सम्बोधन नगर्ने हो कि भन्ने चिन्ता अनावश्यक रहेको उल्लेख गरे। उनले भने, “अब हामीले जेनजी होइन, डिजिटल जेनेरेशन भन्न थालेका छौं। भ्रष्टाचार रोक्ने तपाईँहरूको मागलाई हामी पूर्ण साथ दिन्छौं। छानबिन समिति बनाएर जाँच गर्ने कुरा आएमा एमाले वा पुराना दल मात्र होइन, हामी आफैं पनि छानबिनको दायरामा आउन तयार छौं।”
तर, उनले जेनजी आन्दोलनका क्रममा घाइते र प्रभावितहरूको पीडालाई उपयोग गरेर अहिले सत्तामा पुगेका व्यक्तिहरूमाथि पनि छानबिन हुनुपर्ने माग गरे।
बस्नेतले जेनजी पुस्ताको नाममा सरकारमा पुगेकाहरू पनि भ्रष्ट भए–नभएकोबारे निष्पक्ष छानबिन गर्न आवश्यक रहेको धारणा राखे।