गृहपृष्ठ Featured जेनजी आन्दोलनः २३ अर्ब २२ करोड नाघ्याे क्षतिको कूल बीमा दावी रकम

जेनजी आन्दोलनः २३ अर्ब २२ करोड नाघ्याे क्षतिको कूल बीमा दावी रकम

काठमाडाैं ।

जेनजी युवाकाे आन्दोलबाट क्षतिको कूल बीमा दावी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । हालैको आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम बुधबारसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी करिब २३ अर्ब २२ करोड ८७ लाख पुगेको हो।

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा बीमा दावी परेको छ ।

प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दावी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ । निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७ सय ६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३ सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेश भएको छ ।

सरकारले पनि क्षतिको प्रारम्भिक आकलन गरिसकेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशैभरी करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको हाे । यो आकडा सार्वजनिक र निजी क्षेत्रको प्रारम्भिक अध्ययनको हो । आन्दोलनका क्रममा भएको तोड्फोड, लुटपाट तथा आगजनीका कारण धेरै क्षति देखिएको छ।

सम्बन्धित् समाचार