गृहपृष्ठ Featured दशैंको टीकाको दिन बालिकाको सामूहिक बलात्कार : ३ जना पक्राउ

दशैंको टीकाको दिन बालिकाको सामूहिक बलात्कार : ३ जना पक्राउ

विराटनगर ।

दशैंको टिकाको दिन सुनसरीको बर्जू गाउँपालिका ६ मा १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

चिमडी बजारमा लागेको दशैं मेला घुम्न गएकी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले बर्जू गाउँपालिका ६ का २१ वर्षीय बुधनारायण चौधरी, विजय साह र अर्का एक १५ वर्षीय एक बालकलाई पक्राउ गरेको छ ।

विजया दशमीको दिन राति १० बजे उक्त समूहले बालिकामाथि जबरजस्ती करणी गरेको सूचना इलाका प्रहरी कार्यालय चिमडीमा आएको थियो ।

सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई उद्धार गरी नोबेल अस्पताल विराटनगर पठाएको थियो । बालिकाको नोबेलपछि हाल कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटना भएको तीन दिनपछि गत शनिवार उनीहरू पक्राउ परेका हुन् । घटनामा संलग्न अन्य आरोपीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान गर्न मङ्गलवार जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप गरेको छ ।

घटनामा थप तीन जना संलग्न रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार