गृहपृष्ठ Featured ओली–लेखकविरुद्ध परेको हत्याको किटानी जाहेरी आयोगद्धारा प्रहरीमै फिर्ता

ओली–लेखकविरुद्ध परेको हत्याको किटानी जाहेरी आयोगद्धारा प्रहरीमै फिर्ता

काठमाडौँ – गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको किटानी जाहेरी प्रहरीमै फिर्ता गरेको छ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले ओली–लेखकविरुद्ध दिएको किटानी जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै मंगलबार काठमाडौँ प्रहरी परिसरले आयोगमा पठाएको थियो।

तर, आयोगले बिहीबार फौजदारी कसुरको नियमित छानबिन र अभियोजनको काम आफ्नो नभएको भन्दै जाहेरी फिर्ता गरेको हो।

जाँचबुझ आयोगका सदस्य विज्ञानराज शर्माले विज्ञप्ति जारी गर्दै फौजदारी कसुरको विस्तृत अनुसन्धान र अभियोजन आफ्नो काम नभएकाले प्रहरीबाट गर्न भनेको हो। उसले फौजदारी कसुरका सम्बन्धमा अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ।

सम्बन्धित् समाचार