काठमाडौँ — एमाले केन्द्रीय सचिवालयको बैठक भक्तपुरको गुन्डुमा सुरु भएको छ । बैठकमा केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने प्रस्तावको बारेमा छलफल हुनेछ ।
जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमालेले बैठक बोलाएको हो । बैठकमा फागुन २१ मा घोषणा भएको निर्वाचन भाग लिने/नलिने भन्ने विषयमा छलफल हुनेछ ।
अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संसद् पुनस्थापनाको पक्षमा लोकतान्त्रिक दलहरू एक हुनुपर्ने बताएका थिए ।
त्यस्तै एमालेले पार्टीको महाधिवेशन बारे छलफल गर्ने प्रवक्ता राजेन्द्र गौतमले जानकारी दिए। एमालेभित्र पार्टी र नेतृत्व पुनर्गठन गर्नुपर्ने माग भए पनि ओलीले अस्वीकार गर्दै आएका छन्।