गृहपृष्ठ Featured २७ वर्षपछि नर्वे विश्वकप नजिक

२७ वर्षपछि नर्वे विश्वकप नजिक

एर्लिङ हालान्डको ह्याट्रिक मद्दतमा नर्वे २७ वर्षपछि फिफा विश्वकपको नजिक पुगेको छ।

शनिबार राति भएको खेलमा इजरायलमाथि ५–० को फराकिले जित निकाल्दै नर्वे विश्वकप छनोट हुने सम्भावना थप बलियो बनाएको हो।
जितसँगै नर्वे सन् १९९८ पछि विश्वकप नजिक पुगेको छ।

इजरायलका गोलरक्षक डेनियल पेरेट्जले नर्वे विरुद्ध उत्कृष्ट प्रर्दशन गरेपनि टोलीलाई हारबाट बचाउन भने सकेनन्।

नर्वेको जितमा हालान्डले ह्याट्रिक पूरा गरे। इजरायलका दुई खेलाडीले ह्याट्रिक पूरा गरे।

इजरायलका मिडफिल्डर अनान खलाइलीले अलेक्ज्यान्डर सोर्लोथको क्रसमा आफ्नै पोष्टमा गोल गर्दा नर्वेले उपहार गोल पायो। इजरायलका लागि अर्को आत्मघाति गोल इदान नाचमियासले गरे।

समुह चरणमा अपराजित रहेको नर्वेले ६ खेलबाट १८ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको इटालीको ५ खेलबाट १२ अंक छ।

गएराति भएको अर्को खेलमा टर्कीले बुल्गेरियामाथि ६–१ को नजिक पुगेको छ। स्पेनले जर्जियालाई तथा हंगेरीले अर्मेनियामाथि समान २–० को जित निकालेका छन्।

पोर्चुगलले आयरल्यान्डलाई १–० ले हराउँदा इटालीले इस्टोनियालाई ३–० ले र अल्बानियाले सर्वियालाई १–० ले पाखा लगाए।

सम्बन्धित् समाचार