नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ। ओलीको निवास भक्तपुरस्थित गुन्डुमा शुक्रबारदेखि सुरु भएको बैठक आज बिहान ११ बजे बस्न लागेको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो (शनिबार) बैठक स्थगित भएको थियो।
केन्द्रीय कमिटीको एजेन्डा तय गर्नका लागि बैठक सुरु भएको हो।