गृहपृष्ठ Featured टी-२० विश्वकप छनोट : शीर्ष स्थानको ओमानको लगातार जित

टी-२० विश्वकप छनोट : शीर्ष स्थानको ओमानको लगातार जित

ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा घरेलु टोलीले लगातार जित निकालेको छ। समूह विजेता बनेर सुपर-६ मा पुगेको ओमानले लगातार दोस्रो जित निकाल्ने क्रममा सोमबार युएईमाथि ५ विकेटको जित निकाल्यो।

११३ रनको सामान्य लक्ष्य ‌ओमानले दुई खेल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पूरा गर्‍यो।

यता युएई पनि समूह विजेता बनेर सुपर-६ मा पुगेको थियो। सुपर-६ मा भने उसले लगातार दुई खेलम पराजय भोगिसकेको छ।

युएई आइतबार नेपालसँग एक रनको अन्तरले पराजित भएको थियो।

जितसँगै ओमानले सुपर-६ मा ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ। दुई खेलबाट ४ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। आज राति नेपालले कतारविरूद्ध खेल्दैछ।

सुपर-६ का शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा छनोट हुनेछन्।

सम्बन्धित् समाचार