गृहपृष्ठ Featured कांग्रेस नेतृ विकलाई कपिलवस्तुमा प्रवेश निषेधको चेतावनी

कांग्रेस नेतृ विकलाई कपिलवस्तुमा प्रवेश निषेधको चेतावनी

कपिलवस्तु ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ (क) ले पूर्व राज्यमन्त्री तथा पूर्व सांसद रुपा बिकलाई प्रवेश निषेधको कडा चेतावनी दिएको छ ।

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशनको सन्दर्भमा कपिलवस्तु क्षेत्र नं.३ बाट विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरि केन्द्रिय समितिमा पठाएको प्रति केन्द्रिय सदस्य समेत रहेकी विकले आपत्ति जनाउँदै दबाब सिर्जना गरेको आरोप छ ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ (क) ले मंगलबार एक विज्ञप्ति जारी गदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा बिकलाई क्षेत्र नं. ३ (क) भित्रका कुनै पनि पार्टी कार्यक्रम, सभा वा गतिविधिमा सहभागी हुन नदिने र प्रवेशसमेत निषेध गरिने जनाएको छ ।

उक्त क्षेत्रका सभापति गोविन्द बहादुर खत्री (क) द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा पार्टीको एकता, अनुशासन र कार्यशैलीमा आघात पु¥याउने क्रियाकलाप सह्य नहुने चेतावनी दिइएको छ ।

विकले फोनमार्फत क्षेत्रीय सभापतिहरु र प्रदेश सभापतिलाई यस हस्ताक्षर अभियानलाई तत्काल रोक्न समेत निर्देशन दिएको बताईएको छ ।

 

सम्बन्धित् समाचार